फ्रिडम फोरमले सूचनाको हकसम्बन्धी मोबाइल एप सार्वजनिक गरेको छ।
फ्रिडम फोरमले आजदेखि उक्त एप एन्ड्रोइड भर्सनमा सार्वजनिक गरेको हो । एप एन्ड्रोएड मोबाइलकर्ताले प्ले स्टोरबाट आरटिआइ नेपाल टाइप गरी डाउनलोड गर्न मिल्ने एपले सूचनाको हकका सैद्धान्तिक र व्यावहारिक पक्षबारे जानकारी गराउँछ।
एपमा सूचनाको हकसम्बन्धी ऐन, नियमावली, सूचना माग्दा आवश्यक पर्ने निवेदन, नेपालमा सूचनाको हकको विकासक्रम, संविधानमा सूचनाको हकको व्यवस्था, सूचनाको हकको व्यावहारिक पक्ष, समाचार, सफलतालगायत सुविधा उपलब्ध छ।
सूचनाको हकको व्यावहारिक प्रयोगलाई जनतासामु पु¥याउने उद्देश्यले एप निर्माण गरिएको फोरमले जनाएको छ। पत्रकारले आफ्नो व्यवसायलाई अनुसन्धानात्मक बनाउनका लागि उत्तिकै सहयोगी सो एप सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन पनि गतिलो औजार हुने फोरमको भनाइ छ।
परिवर्तित व्यवस्थानुरुप जनताका अधिकार स्थानीय तहमै गएका सन्दर्भमा निर्माण गरिएको सो एप सार्वजनिक निकायमाथि जनताको निगरानी बढाउनका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ। सूचनाको हकको प्रयोगसम्बन्धी आफ्ना अनुभव साटासाट गर्न र समस्या समाधानका उपाय खोज्ने सुविधासमेत एपमा उपलब्ध छन्।