राप्ती नदीको किनारमा एकजना जेष्ठ नागरिकको शव फेला परेको छ।
मृतक राजपुर गाउँपालिका वडा नं. २ चप्फा निवासी ७६ वर्षीय वीरबहादुर सुनार रहेको प्रहरीले जानकारी दिएको छ। सुनार पुस १० गते वृद्धाभत्ता बुझ्न भनि घरबाट निस्किएको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ।
सतवरियास्थित नदी किनारमा सुनारको शव बुधबार दिउँसो फेला परेको प्रहरी बेला प्रहरी चौकीका प्रहरी इञ्चार्ज प्रशान्त विकले बताए। यो समाचार तयार पार्दासम्म शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखेको जानकारी दिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।