काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको भ्रमण क्रममा संरक्षण अभियन्ताले रानीपोखरीको गेटमा लगाएको ताला केही समयपछि दिउँसो मेयर विद्यासुन्दर शाक्यले तोडेका छन्।
बिहान रानीपोखरी अवलोकनको क्रममा पुगेकी उपमेयर हरिप्रभाले खड्गीले 'पुरातत्वको स्वीकृति विना बनेको रहेछ' भनेकी थिइन्। उनको अबलोकन क्रममै पुरातत्वविद् र सम्पदाविद्का साथै स्थानीय संरक्षक अभियन्ताले रानीपोखरीमा तालाबन्दी गरेका थिए।
दिउँसो मेयर शाक्यसहितको टोलीले उक्त ताला तोडेका हुन्। शाक्यले ताला खोलेर रानीपोखरी भित्रै गएर अवलोकन गरी फर्किएका छन्। उनी गेटमा लगाएको रड खोलेर भित्र पसेका थिए।
शाक्यले व्यक्तिगत र दलगत लान्छाना लगाएर मात्रै नहुने भन्दै रानी पोखरीको निर्माणका लागि आफूभन्दा पहिले नै सम्झौता भइसकेकाले काम अघि बढ्दे बताएका हुन्। उनले यसबारे थप अनुसन्धान गर्ने समेत बताए।
https://www.facebook.com/setopati/videos/1707866869283879/