म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको कर्फ्यू आजदेखि हटेको छ।
शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेका समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नाका साथै ढुंगामुढा प्रहार भएपछि ४ बजेदेखि कर्फ्यू लगाइएको थियो।
गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति घटनाको छानबिन गर्न कालिकोट पुगेपछि कर्फ्यू हटाइएको हो ।
प्रजिअ बद्रीनाथ गैरेले आज बिहान ७ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिएका छन्। ‘समितिले पीडित पक्षसँग छलफल गरिरहेको छ’ उनले भने।
कर्फ्यू हटाइएको भएपनि प्रशासनले अासपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जानकारी दिएको छ।
प्रहरीको गोली लागि मृत्यु भएका म्यादी प्रहरी विवेक ऐडिको परिवारलाई २५ लाख क्षतिपूर्ति दिइने भएको छ।
बिना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो। बाँकी १५ लाख म्यादी प्रहरी हुँदा गरिएको बीमाबाट दिइने छ।