दाङमा साईकलबाट लडेर एकजनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी ३५ वर्षीय विस्राम चौधरीको साइकलबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं एसपी दुर्गा सिंहका अनुसार मादक पदार्थ सेवन गरेका चौधरी बुधबार राति साढे ९ बजेतिर साईकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । घोराही – १६ स्थित नालीमा साईकलसहित खसेर गम्भीर घाइते चौधरीलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराही लैजाँदै गर्दा बाटोमै मृत्यु भएको एसपी सिंहले जानकारी दिइन्।
चौधरीले अत्यधिक मादक पदार्थ सेवन गरि साईकल चलाएको हुँदा दुर्घटनामा परेको जानकारी प्रहरीले दिएको छ ।