उत्तर—दक्षिण व्यापारिकमार्ग विस्तारित आयोजना,कालिगण्डकी करिडोर अन्तर्गतको बहुचर्चित जोमसोम-कोरला सडक निर्माणकार्य चिसो मौसमले प्रभावित बनेको छ।
जोमसोम-कोरला १ सय १० किमी सडकको निर्माणकार्य मंसिर अघि स्थगित भएको हो ।कुल ७ खण्डमा बिभाजित सडकको हाल २ खण्डमा मात्र काम भैईरहेको बताईएको छ ।यता बेनी देखि जोमसोम खण्डको ७६ किमी सडकमा भने धमाधम निमार्णकार्य अघि बढेको छ ।
्मु
स्ताङको सदरमुकाम जोमसोमदेखि झैतेसम्मको ५२ किमी सडकको ४ खण्ड र झैतेदेखि कोरलासम्मको ५८ किमी सडक ३ खण्डमा निमार्णकार्य भएकोमा अत्यधिक चिसो र हिमपातका हुँने भएकाले झैते-कोरला ५८ किमी सडकको १ खण्ड र जोमसोम-झैते सडकको १ खण्ड बाहेक बाँकी ५ खण्डको निर्माणकार्य स्थागित गरिएको छ।
जोमसोमदेखि कोरलाको निर्माणधिन सडक मध्ये २ खण्डमा मात्र यतिबेला काम भएको ईन्जिनीयर जगत प्रजापतिले जानकारी दिए ।उनले जोमसोम झैते ५८ किलोमिटर सडकको ५ पाचौ खण्ड र झेतै-कोरला सडकको छैटौ खण्डमा निर्माणकार्य जारी रहेको बताए।
सडकको पाँचौ खण्डमा कन्टेक कान्छाराम कोशी एन्ड न्यौपाने जेभी र छैटौ खण्डमा कञ्चनजंघा लामा मोतिदान जेभीले मात्र यतिबेला निमार्णकार्यलाई निरन्तरता दिएका हुँन् ।जोमसोम-कोरला सडकको चैलेको उकालो र घ्याकरको डाडाँ गरेर दुई खण्डमा सडकको काम भैईरहेको छ ।
आ.व.०७२/०७३ को असारदेखि सुरु भएको जोमसोम-कोरला सडकको निमार्ण कार्य डेढ वर्षमा करिव ३० प्रतिशत काम संम्पन्न भएको छ।उत्तरी छिमेकी देश चीनको तिब्बतसँग सीमा जोडिएको दुई लेनको ग्राभेल सडकको निमार्ण कार्य तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २ अर्ब ६ करोड बजेट बिनियोजन गरेको थियो।
जोमसोम कोरला सडक परियोजना अन्तर्गत जोमसोमदेखि झैतसम्म ४ खण्डको सुरुको १८ किमी सडक बज्रगुरु खड्गकृष्ण जेभी,१८ देखि २९ किमी सडक दिवाडाँफे एपेक्स जेभी,२९ देखि ४० किमी सडक कन्टेक कान्छाराम कोशी एण्ड न्यौपाने र ४० देखि ५२ किमी कञ्चनजंघा लामा बिल्डर्स बिरुवा जेभीले निमार्णको जिम्मा लिएका हुन्।
त्यसैगरि झैतै-कोरला ५८ किमी सडकको सुरुको १९ किमी सडक कञ्चनजंघा लामा मोतिदान जेभी,१९ देखि ४४ किमी सडक तामाङ गौरी पार्वती कोशी एन्ड जेभी र ४४ देखि ५८ किमी सडक बिरुवा रौटाहा एपेक्स जेभी कन्ट्रयाक्टरले निर्माणको जिम्मा लिएका छन्।
जोमसोम-कोरला सडकको निर्माण तथा बिस्तारका लागि २ वर्षमा सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।तर आयोजनाले तोकेको समय अविधिमा सडकको निमार्णकार्य पूरा हुँने सम्भावना न्यून देखिन्छ ।वर्षायामको मौसममा कालिगण्डकी नदीको बहाव बढ्ने, हिउँदयाममा चिसो शित लहर छाउँने र हिमपात हुँने भएकाले निर्माणकार्य शहज रुपमा अघि बढ्न नसकेको ईन्जिनीयर प्रजापतिको भनाई छ।
बेनी-जोमसोम सडकको काम तिब्र नेपाल सरकार, सडक बिभागले बेनी-जोमसोम ७६ किलोमिटर दुईलेनको कालोपत्रे सडक आ.व. ०७३/०७४ असारको पहिलो सातादेखि निमार्णकार्य थालेको हो। यसका लागि सरकारले २ अर्व ५० करोड आर्थिक रकम बिनियोजन गरेको हो।
म्याग्दीको गलेश्वरदेखि जोमसोम सम्मको ७६ किलोमिटर सडकको निर्माणकार्यका लागि ४ वटा कन्ट्रयाकले निर्माणको जिम्मा लिएका हुँन्।जसमा गलेश्वर—घाँसा ३६ किमी सडक २ खण्ड र घाँसा—जोमसोम ३८ किमी सडक २ खण्ड गरि निर्माणकार्य भईरहेको छ।
सडकका लागि शर्मा यूनाईटेड जेभी,शर्मा गजुरमुखी र पप्पु गौरी पार्वती कोशी एन्ड न्यौपाने जेभी निर्माण कम्पनीले जिम्मा लिएका हुन् ।सडकको म्याग्दीका ३ खण्ड र मुस्ताङ १ खण्डमा धमाधम काम भैईरहेको ईन्जिनीयर प्रजापतिले भनाई छ।
म्याग्दीको पहिलो खण्ड बैसरी र दोस्रो खण्ड म्याग्दीको दाना र तेश्रो खण्ड काभ्रेभीरमा धमाधम काम भईरहेको उनले बताए। त्यस्तै सोही आयोजनाको चौथो खण्ड मुस्ताङको घाँसादेखि जोमसोम बीचमा पनि निमार्णकार्य जारी छ।
म्याग्दीको ३ र मुस्ताङको १ खण्डमा २ लेनको कालोेपत्रे चौडा सडक निर्माणका लागि हाल पत्थरी भीर र माटो कटिङ गरिदै छ। यस स्थानका लागि निमार्णकार्य संञ्चालन गर्न हिउँदयामको मौसम उपयूक्त भएको प्रजापतिले बताए। ‘म्याग्दी जिल्ला अत्यन्तै वर्षा हुँने क्षेत्र भएकाले हिउँदयाममा काम गर्न सहज हुँन्छ,यसैले यहाँको कामलाई तिब्रताका साथ अघि बढाईएको छ ’आधा दर्जन जेसिपिले पहाडको कटिङ गरि सडक चौडा पारिदै छ ,अप्ठ्यारो र कमजोर धरातल भएकाले यहाँ १० प्रतिशत मात्र काम सकिएको छ ।’
बेनी- जोमसोम सडकमा सवारीलाई समय तालिकाबेनी -जोमसोम निमार्णधिन सडकमा मुस्ताङ ओहोर दोहोर गर्ने सवारी साधनलाई समय तालिका मिलाईएको छ। सडकको निर्माणकार्यलाई बाधा पूग्ने भन्दै आयोजनाले सवारी साधनलाई यस्तो व्यवस्था मिलाएको हो। बेनीबाट मुस्ताङ जाने सवारीलाई प्रत्येक २—२ घण्टाको फेरोमा सवारी वारपार गर्न दिईने गरेको म्याग्दी सडकका सुपरभाईजर ईन्द्रसिंह तुलाचनले जानकारी दिए।
उनले समय तालिका अनुसार सवारी वारपार गर्ने भएकाले सवारी साधनलाई रोक लगाईएको हो। म्याग्दीको काभ्रेभीरमा वाल लगाउँने र ग्याबिन भर्ने काम भएको उनले बताए।
बेनी जोमसोम सडक खण्डमा ३ पक्कीपूल निमार्ण हुँने भएको छ। आयोजनाले म्याग्दीको राहुखोला र बेगखोलामा पक्कीपूल निर्माण गर्ने भएको हो ।त्यस्तै अर्को पूल मुस्ताङको थासाङ गाउँपालिका छाक्ताङमा पक्कीपूल निर्माण हुँनेछ।
यसका लागि आयोजनाले डिसेम्बर २ तारिखमा टेन्डर अवार्ड गरेर ठेक्का प्रक्रिया अघि बढाई सकेको आयोजना प्रमूख ईन्जिनीयर प्रजापतिले जानकारी दिए ।यि ३ पक्कीपूल मध्ये म्याग्दीको बेगखोलामा भएको बेलीब्रिज गतवर्षको बाढीले बगाएको थियो ।