वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा लागेको भीषण आगो निभाउन भारतबाट दमकल ल्याइएको छ।
वीरगञ्ज १८ भवानीपुरमा रहेको उद्योगमा बिहान ६ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन।
पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले अग्नि नियन्त्रण गर्न भारतबाट दमकल झिकाइएको बताए। ‘अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन।’ उनले भने ‘हामीले आगो नियन्त्रण गर्नको लागि भारतबाट पम्प फाल्ने वरूण यन्त्र मगाएका छौं।’
आगलागी हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्।
यो पनि हेर्नुहोस्:
सुपर ग्यास उद्योगमा भीषण आगलागी सबै बुलेट जले, दुईको मृत्यु, कम्तिमा ३ घाइते (अपडेट)