दाङ प्रहरीले तुलसीपुर क्षेत्रबाट दशवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ।
स्थानीय खोलाहरूबाट बालुवा गिट्टी अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा फेला परेका दश ट्रयाक्टर नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
तोकेको स्थानभन्दा बाहिर उत्खनन गरिरहेका र ठ्याक्कै नखोलिएको खोलामा समेत उत्खनन गर्ने दश ट्रयाक्टर नियन्त्रणमा लिइएको सापकोटाले बताए। नियन्त्रणमा लिइएका सबै ट्रयाक्टर आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समति घोराहीमा पठाउने तयारी भइहरेको उनले बताए।
पातुखोला र भमके खोलाबाट ति ट्रयाक्टर नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। रा १ त ६४२, रा १ त ४३१८, रा १ त १०८७, रा १ त १९५४, रा १ त २४१८, लु ३ त ८४४५, लु ३ त ५३२० र लु १ त ९९४६ नं. र थप दुईवटा अन टेस्ट ट्रयाक्टर पनि नियन्त्रणमा लिइएको सापकोटाले जानकारी दिए।
मंसिर २४ गते मात्रै सरुवा भएर आए लगतै डिएसपी सापकोटाले खोलाजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता पूर्वक प्रहरीले लाग्ने बताएका छन्। प्रहरीले बिहिबार मात्रै थप दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएका थिए।