दाङ प्रहरीले नियन्त्रणमा लिएको १३ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ।
गोप्य सूचनाको आधारमा घोराही क्षेत्रका विभिन्न होटलहरूमा छापा मार्दा नियन्त्रणमा लिइएको मदिरा नष्ट गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख निरीक्षक रन्जन अवाले जानकारी दिए।
घोराही उपमहानगरपालिका क्षेत्रका फुर्सेखाली, गिठेपानी,बडरा,मसिना,रझेना, दह लगायतका विभिन्न होटलहरूमा छापा मारेर नियन्त्रणमा लिइएको मदिरा बुधबार नष्ट गरिएको प्रहरीले बताएको छ। अवैध घरेलु मदिराको कारण घरेलु हिंसा बढेको र अपराधिक गतिविधि बढेको हुँदा घरेलु मदिरा नियन्त्रण अभियान सुरू गरेको प्रहरीले बताएको छ ।