कृषि विकास बैंकको रकम घोटलामा सम्लग्न भएको भन्दै प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ।
सिआइबीको टोलीले कृषि विकास बैंक न्युरोड शाखाका कामु मुख्य शाखा प्रवन्धक प्रेमहरी ढुंगेल,सोही बैंकका इसिसि प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्टालाई पक्राउ गरेको एसपी जीवन श्रेष्ठले जानकारी दिए।
कृषि विकास बैंकको रकम घोटलामा सेनाका सहायक रथी
प्रहरीले यस अघि सोही बैंकका टेलर दीपिका रेग्मीलाई पक्राउ गरेको थियो । उनीहरुले अन्तर शाखा कारोबार हिसाव क्लियरिङ को रकम पेन्डिङ देखाइ बैंकको ४ करोड ९१ लाख रुपैयाँ हिनामिना गरेका थिए।
रेग्मीले दिएको वयानका आधारमा बैंकका जिम्मेवार व्यक्तिहरुलाई पक्राउ गरिएको एसपी श्रेष्ठले बताए।
बिभिन्न ब्याक्ति वा संस्थाले बिभिन्न बैंकको चेक मार्फत कृषि बिकास बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रोनिक चेक क्लियरेन्स इसिसिमार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरिदिई सकेपछी सोही चेकलाई प्रयोग गरी पुन कोर बैंकिङ सिस्टम बाट गैर कानूनी रुपमा दिपीका रेग्मी तथा आफन्तको नाममा रकम जम्मा गरेका थिए।