प्रहरीले काठमाडौं उपत्यकामा बम पड्काउने नेपाल कम्युनिष्ट पार्टीका युवा दस्ता इन्चार्जसहित ६ जनालाई हतियार र बम सहित पक्राउ गरेको छ।
युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जनालाई पक्राउ गरिएको विशेष ब्युरोका डिआइजी हेमन्त पालले जानकारी दिए। 'हामीले पक्राउ गरेर काठमाडौं प्रहरी परिसरलाई बुझाइसकेका छौं,' डिआइजी पालले भने ।
गोलसहित प्रहरीले सम्पुर्ण मुक्ति भन्ने विचारमान तामाङ, आरोही भन्ने महेश नेपाली, विकेश लामा, राधे तामाङ र रोशन विष्टलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता मनोज नेपाउनेले जानकारी दिए।
उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल र चारवटा बम बरामद भएको छ। उनीहरुकै योजनामा गगन थापा लगायतका राजधानीका विभिन्न स्थानमा बम पड्काइएको प्रहरीले जनाएको छ।