नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको मुख्य योजनाकार समिरमानसिंह बस्नेत काठमाडौं १३ बाफलका हुन्। २ वर्ष ६ महिनादेखि उनी नेपालमा थिएनन् ।
भारतका विभिन्न सहरमा बस्ने र नेपालका व्यवसायीलाई उनले तर्साउने गर्दथे । व्यवसायीलाई आतंकित पारेर उनले करोडौं रुपैयाँ असुल गर्दथे।
२४ वर्षका बस्नेत कुमार घैंटे चरी इन्काउन्टरमा मारिएपछि भारत पलायन भएका हुन् ।
आफ्नै साथीलाई प्रहरीले मारेको भन्दै त्यसको जवाफ फर्काउने चेतावनीसहित उनी भारत पसेर नेपालमा आपराधिक क्रियाकलाप गर्दथे । सुरूमा साना ठेक्कापट्टाबाट उनी गुन्दागर्दीमा सम्लग्न भएको प्रहरीले जनाएको छ।
सबैभन्दा पहिले ८ वर्षअघि उनी, दिनेश अधिकारी चरी र राधे भण्डारी मिलेर ठेक्कापट्टामा लागेका थिए। पछि लेनदेनको विषयमा चरी र घैंटेबीच विवाद भयो। त्यसपछि घैंटेले राधे र समिरलाई लिएर चरीलाई एक्लै बनाए।
त्यसपछि गुन्डानाइके रमेश बाहुन गुन्दागर्दीमा सम्लग्न भए। रमेश र समिर मिलेर काम गर्न थाले । उनीहरूबीच पनि लेनदेनका विषयमा झगडा भयो। समिरले रमेशको पोल्टीफार्ममा गएर गोली हाने ।
पछि समिरले प्रहरीमा फरार सूचीमा रहेका युवाहरू भेटेर आफ्नो समूहमा ल्याए। घैंटेसँग मिलेर निर्माण क्षेत्रमा केही रकम हाले। त्यसैताका घैंटे इन्काउन्टरमा मारिए।
प्रहरीले घैंटेका मित भन्दै उनलाई पनि खोज्न थाल्यो। प्रहरीमा राम्रो पडक बनाएका समिर एक जना आफन्त डिएसपीको सुराकीमा लुक्न भारत पुगे । भारतमा मनोज पुनसँग उनको भेट भयो।
१ वर्षजति उनीसँग मिलेर काम गरे। तर, पछि पुनसँग झगडा परेर समिर एक्लिएका थिए।समिरविरुद्ध ३ ठूला आरोप छन्।
https://www.youtube.com/watch?v=_2e1Bx0Rrlo&feature=em-uploademail
२०७३ साल युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या ।
दोस्रो, २०७३ असोज २३ गते गौरीघाटस्थित दिब्या पार्टी प्यालेसमा गुन्डानाइके दाबा लामामाथि ३ राउण्ड गोली प्रहार
तेस्रो २०७४ साल निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी हत्या ।