काठमाडौंबाट अर्घाखाँची जादैँ गरेको बस बुधबार विहान चितवनको फिस्लिङबाट झण्डै २ सय मिटर तल त्रिशुली नदीमा खस्यो। चितवनबाट आइरहेको ट्रकलाई ठक्कर दिएर बस नदीमा खस्न पुग्यो। बस तल खस्दा उछिट्एिर ३० जना खसे ।
खसेका मध्ये ७ जना मृत अवस्थामा भेटिए। घाइतेमध्ये ५ जनालाई काठमाडौं ल्याइएको छ भने १६ जनालाई भरतपुर लगिएको छ। २ जना गम्भीर घाइते छन् ।
बुधबार विहान बालाजुस्थित बसपार्कबाट २६ जना यात्रुको चलानी लिएर बस छुटेको थियो।
चितवन प्रहरीका डिएसपी प्रभु ढकालले २६ जना लिएर बस बालाजुबाट छुटेको आफूहरुले पत्ता लगाएको बताए। बालाजुबाट बस छुट्दा चालक कन्डक्टर, खलासी र यात्रु गरी २९ जना थिए।
'कलंकी र सडक बीचबाट पनि कति यात्रु बसमा चढे भन्ने खुल्न सकेको छैन, 'डिएसपी ढकालले भने। प्रहरीका अनुसार १५ जनाजति कलंकी र बीच सडकबाट बसमा चढेका हुन सक्छन् ।
बस नदीमा खसेपछि भेटिएको छैन् । नेपाल प्रहरी, सेना र शसस्त्र प्रहरी मिलेर अहिले बस खोज्ने काम भइरहेको छ। 'झण्डै ३ घन्टा निरन्तर बस खोजिरहेपनि भेटिएको छैन, 'उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट खटेका प्रहरी निरीक्षक संजय तिमल्सिनाले भने।