प्रहरीले ३ किलो सुनसहित २ जनालाई रत्नपार्कबाट पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–३ महाराजगंज घर भई हाल ढल्कु बस्ने २४ वर्षीय मोहन महर्जन र काठमाडौं महानगरपालिका–३२ जडिबुटीका २२ वर्षीय आयुष बज्राचार्य पक्राउ परेका हुन्।
काठमाडौं महानगरपालिका–२८ स्थित रत्नपार्क बागबजार जोड्ने आकासे पुलमुनि महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बा ३२ प ५६६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त सुन फेला पारी नियन्त्रणमा लिएको थियो।
प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।