माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको आजै अन्त्येष्टि गरिने भएको छ।
अहिले उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ। अन्तिम श्रद्धाञ्जली दिनको लागि विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको आउने क्रम जारी छ।
आइतबार अस्पतालले पत्रकार सम्मेलन गरी उनको मृत्यु हृदयघातका कारण भएको बताएको थियो।
नर्भिक अस्पतालमा मुटु रोग विशेषज्ञ डाक्टर जेपी जैसवालले प्रकाशलाई दुई जना सुरक्षा गार्डले ५ बजेर ५० मिनेटमा अस्पताल ल्याएको र लक्षणहरू हेर्दा उनको ३ घन्टा अघि नै निधन भएको जानकारी दिएका दिएका थिए।
इसीजीमा पनि केही नदेखिएपछि अस्पतालले ६ बजे मृत घोषणा गरेको उनले बताए।
दिउँसो ४ बजे उनको अन्त्येष्टि गरिँदै छ।