माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा आफन्त र शुभेच्छुकहरु आउने क्रम जारी छ।
यसैबीच नर्भिक अस्पतालका महाप्रबन्धक रवि शर्माले दाहालको निधन भइसकेको पुष्टि गरेका छन्।
अस्पतालमा परिसरमा माओवादी केन्द्रका शीर्ष नेताहरु पनि आउने क्रम जारी छ। दाहालका नातिनीहरु रुँदै नर्भिक अस्पताल प्रदेश गरेका छन्। अस्पताल परिसर उपस्थित सबैजना स्तब्ध देखिएका छन्।
उनको निधन भएको खवर पाउनासाथ माओवादी र अन्य पार्टीका राजधानीमा रहेका नेताहरु अस्पताल पुगेका छन्। एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत नेताहरु नर्भिकमै छन्। पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत नेताहरु नर्भिकमै छन्।
माओवादी केन्द्रका अध्यक्ष दाहाल छोरी ज्वाई र नातिनीसहित झापाबाट काठमाडौं आइसकेका छन्। केही बेरमा अस्पताल जाँदैछन्।
कञ्चनपुरमा रहेकी श्रीमती बिना मगर श्री एयरलाईन्सको जहाजबाट काठमाडौं आउँदैछिन्। चितवनमा रहेकी दिदी रेणु दाहाल पनि केही बेरमा काठमाडौं आउँदैछन्।