प्राध्यापक डाक्टर सुरेशराज शर्मा सम्मानित भएका छन्। युलेन्स स्कुलले काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा शर्मालाई उनले नेपालको शिक्षा क्षेत्रमा पु
¥याएको योगदानको कदर गर्दै सम्मानित गरेको हो।
ललितपुर खुमलटारमा शनिबार युलेन्स स्कुलले आइबिडिपी (इन्टरनेसनल ब्याक्कलरेट डिप्लोमा प्रोग्राम) कोर्स सञ्चालनका लागि निर्माण गरेको नयाँ भवनको उद्घाटन कार्यक्रममा प्राडा शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानित गरेका हुन्। युलेन्सले उक्त भवनको नाम नै प्राडा सुरेशराजको नाममा राखेको छ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले गुणस्तरीय शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताए।
सम्मान ग्रहण गर्दै प्राडा शर्माले आफूले शिक्षा क्षेत्रमा पाँच दशकभन्दा लामो समय बिताएको स्मरण गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रमै योगदान दिने उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीण वाग्लेले नेपालमा शिक्षामा राम्रो प्रगति भइरहेको दावी गरे ।सामुदायिक विद्यालयमा भर्ना दर एकदमै राम्रो भन्दै उनले शिक्षाका गुणस्तरमा लगानी गर्ने बेला भएको बताए ।
युलेन्स स्कुल सञ्चालक समिति अध्यक्ष आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने सपना १० वर्ष भित्रमै पूरा गरेको बताइन्।