सरकारले चितवन राष्ट्रिय निकुञ्जको बाटो भएर यात्रा गर्दा लिने शुल्क मिनाहा गरेको छ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चितवन राष्ट्रिय निकुञ्जको बाटो भएर यात्रा गर्दा लिइँदै आएको शुल्क हटाउने निर्णय गरेको हो।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो बाटोमा यात्रा गर्दा शुल्क नलिने निर्णय गरिएको चितवन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डले पुष्टी गरे।
मंगलबार बिहान भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ उनले आफ्नोे प्रस्तावमा मन्त्रिपरिषदले माडीका स्थानीयले निकुञ्ज प्रवेशमा तिर्दै आएको शुल्क हटाउने निर्णय गरेको बताए ।
चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार पाण्डेले चितवन राष्ट्रिय निकुञ्जमा सुरुङ मार्ग र आकाशे पुल बनाउँछु भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेपनि तत्काल त्यो सम्भव नरहेको दाबी गरे।
आफ्ना प्रतिस्पर्धी दाहालले रोल्पा र सिरहामा विकास गर्छु भनेपनि केही नगरेको उनको आरोप छ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष पाण्डेबीच चितवन क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा हुँदैछ ।