भैरहवाको गौतम बुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको विमान अवतरणकाे क्रममा बायाँ टायर पंचर भएकाे छ।
ल्याण्ड गर्ने क्रममा जहाजको पछाडिको बाँया पट्टीको टायर पंचर भएको तत्काल मर्मत गरेर अहिले उक्त विमान उडिसकेकाे एयरलाइन्सका साहयक प्रवक्ता शैलेश कंशाकारले जानकारी दिए।
परीक्षण उडानमा रहेकाे एयरलाइन्सकाे 'वाइ १२" विमानमा पाइलट,काेपाइलट र इन्जिनियर रहेका थिए।
'आर ए नाइन एन ए के एस' नेपाली दर्ता नम्बरकाे उक्त विमानमा अवतरण गर्दा सन्तुलन नमिलेका वा अन्य कारणले त्यस्ताे भएकाे बताइएकाे छ।