पार्सल पठाइदिएको भन्दै १ करोडभन्दा बढी ठगी गर्ने गिरोहका एक जना सदस्य पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले भारत गोरखपुर घर भए काठमाडौं डिल्लीबजार बस्ने प्रदीपकुमार अग्रवाललाई पक्राउ गरेको हो।
उनले बेलायती नागरिकको नाममा फेसबुक एकाउन्ट खोल्ने, फ्रेन्ड रिक्वेष्ट पठाउने, बहुमुल्य सामान पठाइदिएको र भारतको राजस्व कार्यालयमा अड्किएको र त्यहाँबाट छुटाउन केही रकम लाग्ने भन्दै फेसबुकबाट साथी बनेकालाई आइएमइमार्फत रकम हाल्न आग्रह गर्दथे ।
उनले अहिलेसम्म १ करोडभन्दा बढी ठगी गरिसकेको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
सिआइबीबाट यसअघि ठगी मुद्दामा पक्राउ परेका पवन न्यौपाने र प्रदीप सुब्बाबाट रकम लिइ हुन्डीमार्फत उनले भारत पठाउने गरेको समेत खुलेके श्रेष्ठले बताए।