हरेक संचार माध्यमबाट प्रसारण हुने कार्यक्रमको आफ्नो आफ्नै नियम र ढाँचा हुन्छ । तर पनि सम्बन्धित राज्यको कानूनसँग मेल खाने खालको हुनुपर्छ। अहिले लोकप्रिय बनेको रियालीटी शो नेपाल आइडलको बारेमा सामाजिक संजालमा अनेक टिका टिप्पणी र प्रतिक्रियाहरु आइरहेका छन्।
जब नेपाल आइडलले गत हप्ता ४ जना प्रतियोगी मध्ये एकजना लाइ एलिमिनेट गर्ने भनेर प्रचार गर्यो अनि आफ्नो मन पर्ने प्रतियोगीलाइ सकेसम्म बढी एसएमएस गर्नुहोला भनेर प्रचार बाजी गरियो अनि राष्ट्रिय अन्तराष्ट्रिय दर्शकहरुले धेरै भोट गरे।
आयोजकका अनुसार ३७ लाख भन्दा बढी भोट जनताले गरेका थिए। रिजल्ट डे को दिन दर्शकले त्यही अनुसार व्यग्रताका साथ प्रतिक्ष्या गरे तर अन्तिममा आएर त्यो हप्ता कोहि पनि प्रतियोगिताबाट नबाहिरिने निर्णय भयो। त्यस पछि दर्शकहरुले विभिन्न किसिमका प्रतिक्रियाहरु दिन थाले जुन कुरा अस्वाभाविक थिएन। किनकि यस बिषयले धेरै शंका अनि उपशंका जन्मायो।
कसैले यी सब काम कुनै व्यक्ति विशेषलाई बचाउने चाल हो भन्न थाले भने कसैले पैसा को लागि यो सब नाटक मन्चन गरियो भन्न थाले। धेरैले त यहाँ उल्लेख नै गर्न नसकिने अनि नमिल्ने तल्लो स्तरका आरोप समेत लगाए। यो कुरा सत्य हो कि नेपाल आइडल नेपालमा ल्य्याउनको लागि अन्नपुर्ण मिडियालाई धेरै मेहनत समय अनि पैसा समेत खर्च भएको छ
कार्यक्रम चलाउन पनि सायद करोडौँ खर्च भएको होला तर येसो भन्दै गर्दा व्यापार भनेर अनुचित र अस्वभाविक लाभ लिने प्रयास भने गर्नु हुँदैन। नेपालमा एस्तो प्रकारको फ्रेन्चाइज (FRANCHISE) आउनु सबैको लागि गर्वको बिषय हो।तर आयोजकले आफ्नो छवि कायम गर्न अनि कार्यक्रमलाई अझ जनप्रिय बनाउनको लागि केहि आधारभूत कुरामा ध्यान भने दिनु जरुरि हुन्छ।
आयोजकले भने अनुसार जजको पावर प्रयोग गरेर प्रतियोगीलाई बाहिरिनबाट बचाए भनेको छ। यदि आफ्नो कार्यक्रमको फर्म्याट त्यस्तै खालको छ भने यो कुरा मनासिब नै हुन्छ। तर जुन उदेश्यका लागि दर्शकले पैसा तिरेर एसएमएस पठाएका हुन्छन, त्यो उदेश्यको लागि एसएमएस प्रयोग नभएपछि आयोजकले उनीहरुलाई चित्त बुझाउनु पर्ने नै हुन्छ।
जुन कुरा कानून सम्मत पनि जायज हुन्छ। सरल भाषामा भन्नु पर्दा त्यो हप्ता कुनै प्रतियोगीती नबाहिरिएपछी दर्शकहरुले दिएको एसएमएस केवल पैसा उठाउने माध्यम मात्र हुन गएको छर्लंग हुन्छ। त्यसैले या त उक्त पैसा सम्बन्धित व्यक्तिको मोबाइल मा फिर्ता गर्नु पर्छ अथवा अबको अर्को हप्ता सोहि उदेश्यको लागि पठाउने एसएमएस निशुल्क गर्नु पर्छ। यसो गर्न सकेको खण्डमा सबै पक्ष्यलाई चित्त बुझ्ने आंकलन गर्न सकिन्छ जुन नेपाल आइडलको लागि पनि सकारात्मक नै हो।
अन्तर्राष्ट्रिय चलनलाई हेर्ने हो भने नेपाल आइडलले केहि प्राबिधिक कुराहरुमा समेत विचार गर्नु पर्ने देखिन्छ। जसरि अहिले आफ्नो मन पर्ने प्रतियोगी लाई जिताउन सके सम्म बढी भोटगरौ भनेर प्रचार गरिन्छ, जुन सन्देस मा एसएमएस गर्दाको लागत उल्लेख गरिँदैन र आम मानिसलाइ निशुल्क हो कि भन्ने भान पनि पर्न सक्छ।
हुन त नियमन गर्ने दुरसंचार प्राधिकरण ले यस्मा चासो लिन पर्ने हो र भोट माग्दा यस्मा लाग्ने खर्च संचार माध्यमबाट जानकारी गराउनुपर्छ भनेर उसलाई बाध्यकारी बनाउन पर्ने हो। तर टेलिकमले पनि येसो गरेको देखिँदैन। अबका दिनमा येसो भयो भने कसैलाई पनि अनुचित दोष लगाउने आधार हुँदैन।
हुनत पहिलो अन्तराष्ट्रिय स्तरको कार्यक्रम हो र समय क्रम सँगै सबै कुरा बिस्तारै सुधार हुँदै जालान्। तर आधारभूत कुराहरुमा आयोजकले ध्यान दिन सकेको खण्डमा यस्ता कार्यक्रमहरु भविष्यमा अझै लोकप्रिय र विस्वसिलो हुँदै जानेछन्।
यसैसरी यस्लाई विवादित बनाउन खोज्नेहरुले कुनै व्यक्ति विषेश,जाति विषेश अनि क्षत्रियको प्रसङ्ग उठाएर कलाकारिताको क्षत्रमा यस्तो विसंगति भित्र्ययाउने दुस्प्रयास कदापी गर्नु हुँदैन।
सबैजनाले संवेदनशील हिसाबले सोचौँ, त्यसै अनुसार आफ्ना बिचारहरु सम्प्रेषण गरौँ। कसैलाई गाली गलौज गर्नु भन्दा पनि सुझाब अनि सल्लाह दिने बानि बसाल्दै राम्रा र सभ्य भाषामा आफ्ना असन्तुष्टी पोखौँ। साथै आयोजकहरुले पनि दर्शकको मनोभावना बुझ्दै व्यापार र मनोरन्जन दुवै कुरालाई सन्तुलित बनाउदै जान सकेको खण्डमा यस्ता कार्यक्रमहरुको लोकप्रियता अझै बढ्ने र सबैको साझा हुनेमा कुनै दुई मत छैन।
सुदर्सन घिमिरे
सिड्नी, अस्ट्रेलिया