उज्ज्वल थापालाई म २०७१ सालदेखि चिन्छु। राजनीति नबुझ्ने म उज्ज्वल दाइकाे नाम २०६९ सालमै मिडियाबाट बेलाबेलामा सुन्ने गर्थेँ। तर त्यति चासो राखेको थिईनँ। पार्टीको अनाैठाे नाम थियो ‘विवेकशील नेपाली’ म आफैंमा भित्र भित्रै साेच्ने गर्थें कस्तो नाम हाेला-विवेकशील नेपाली। गाउँमा हुर्केको म सामाजिक सञ्जाल पनि त्यति चलाउन जान्दिनँ थिएँ। यद्यपी देश विदेशका खबर नछुटाई सुन्थेँ।
एकपटक नेपाल बन्द थियो। दिनभरका खबर अपडेट सुन्ने बेलामा नेपाल बन्दकाे बिराेध गर्दै नेपाल खुल्ला छ भन्दै विवेकशील नेपालीको सडकमा प्लेकार्ड बाेकेर सडक प्रर्दशन भन्दा झन मनमा खुल्दुली रह्याे कस्तो खालको आन्दोलन प्लेकार्ड बाेकेर नि आन्दोलन हुने रहेछ।
विवेकशील नेपाली के रहेछ भनेर गुगल सर्च गरेँ। नाम आयाे-उज्ज्वल थापा, गाेविन्द नारायण, पुकार बमहरुकाे अनि बिस्तारै फलाे गर्दै गएँ। विवेकशील नेपालीकाे गतिविधि हेर्दै सुन्दै थिएँ। नेपाल खुल्ला छ, नेपाल हाम्रो घर हाे, डेरा हैन, नाेट चल्ने भाेट नचल्ने जस्ता अभियान निकै मन पर्यो।
अनि मलाई पनि विवेकशील नेपालीमा आवद्ध हुन भित्रैदेखि मन लाग्यो। उज्ज्वल दाइकाे फेसबुक पेजमा उहाँको नम्बर भेटेँ अनि सम्पर्क गरेँ- दाइ नमस्ते, तपाईंहरुकाे नाम धेरै सुनेँ अनि पढेँ। ‘तपाईंहरुकाे देश बनाउने अभियानमा म पनि लाग्छु मलाई लुम्बिनी अञ्चलका साथीसगँ सम्पर्क गराईदिनुस् न,’ भने। उहाँले सम्पर्क नम्बर दिनुभाे, बुटवलका विष्णु रेग्मी, भेषराज आचार्यहरुकाे अनि उहाँहरुलाई सम्पर्क गरेँ र सम्पर्कमै रहिरहेँ।
भूकम्पमा होस् वा माईतीघरमा होस्, महिला हिंसा विरुद्धको अभियानमा हाेस् या नेपाल खुल्ला छ, बन्दले देश बन्दैन, नेपाल हाम्रो घर हाे डेरा हैन, विदेसिएका युवाहरुकाे नाेट चल्ने भाेट नचल्ने, सेवक सरकार उद्दमशील समाज यस्ता देश बनाउने बाटो देखाउने उज्ज्वल दाइ आज सबैकाे मन मस्तिष्कमा हुनुहुन्छ।
उज्ज्वल दाइ हेर्दा पनि अरूभन्दा अली फरक। उहाँको टाउकोमा कपाल चाहिँ कहिल्यै देखिनँ, बाेकेदारी सधै राख्नुहुन्थ्यो। हेर्दा पनि साच्चै विवेकशील नेपाली जस्तो समाजलाई उद्यमशील बनाउँने, सरकारलाई जनताको सेवक बनाउँने, एक दिगो (उत्पादनमुखी) अर्थतन्त्र बनाउने हितकारी राज्यको परिकल्पनालाई साकार गर्न पर्याप्त सिर्जनशील, नवीन समाधान खोज्न सक्ने उर्जाशील, उदार, लोकतन्त्रवादी नेतृत्वकर्मी उज्ज्वल दाई। आज बिरामी हुनुुहुन्छ।
उज्ज्वल दाइ आज देश बिरामी भइरहेको छ। देशबासीले दाइकाे सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्। विदेशी भूमिमा पसिना बगाउँदै युवाहरुले उज्ज्वल दाइकाे स्वास्थ्य लाभको कामना गर्दै बत्ती बालिरहेका छन्।
उज्ज्वल दाइ कुनै मन्त्री हैनन्। तर पनि उज्ज्वल दाइकाे स्वास्थ्य लाभको कामना गर्ने जमात ठूलो छ। असभ्य राजनीतिलाई सभ्य बनाईदिने उज्ज्वल दाइप्रतिकाे नेपालीले गरेको अनाैठाे माया सद्भाव भगवान् स्वीकारि उज्ज्वल दाइलाई अवश्य उठाउनेछन्।
पशुपतिनाथ, पाथिभरा मातालगायत सम्पूर्ण देवदेवताकाे कृपा आशिर्वादले उज्ज्वल दाइकाे स्वास्थ्य छिट्टै सुधार आउनेछ कामना गर्छु।