बिपक्षी दलको बिरोधका बिचमा सरकारले संसदमा पेश गरेको संविधान संशोधनको बिरोधमा दुई तिहाइभन्दा बढी सांसदहरु रहेका छन्। संविधान संशोधन विधेयक पारित गर्नका लागि दुई तिहाई सांसदको जरूरी पर्छ। अहिलेको समिकरण अनुसार बिपक्षी दलहरूको मोर्चासँग नै एक तिहाइ भन्दा बढी सांसदहरु रहेका छन्।
संसदमा अहिले ५ सय ९४ जना सांसद रहेका छन्। संशोधन विधेयक पारित गर्न ३ सय ९६ जना सांसदको समर्थन हुनुपर्छ।
बिपक्षी मोर्चासँग २ सय १ जना सांसद रहेका छन्। प्रमुख प्रतीपक्षी एमालेसँग १ सय ८२ सांसद रहेका छन्। नेकपा मालेका ५ जना सांसद रहेका छन्। नेपाल मजदुर किसान पार्टीका ४, राष्ट्रिय जनमोर्चाका ३, नेपाल परिवार दलका २, जनमुक्ती पार्टी लोकतान्त्रिकका २ जना सांसद रहेका छन्। नेपा राष्ट्रिय पार्टीका १, मधेश समता पार्टीका १ र बहुजन शक्ति पार्टीका १ जना सांसद छन्।
नौ दलीय बिपक्षी मोर्चाका सांसदहरू २ सय १ ले संविधान संशोधनको विपक्षमा मतदान गरे भने पनि सरकारसँग दुई तिहाइ बहुमत पुग्दैन। संविधान संशोधनको पक्षमा रहेको सद्भावना पार्टीका एक जना सांसद सञ्जय शाह जेलमा रहेकोले उनले पनि मतदान गर्न पाउदैनन्। सभामुखले निर्णायक मतका लागि मात्रै दिन पाउने व्यवस्था रहेको छ।
सत्तारूढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र नेकपा माओवादी केन्द्रका सांसद टोपबहादुर रायमाझीले संशोधन विधेयकमा मतदान भएमा फ्लोर क्रस गर्ने घोषणा गर्दे आएका छन्। संसदको अहिलेसम्मको अंकगणितलाई हेर्ने हो भने सरकारलाई दुई तिहाई बहुमत पुर्याउन कठिन छ भने बिपक्षी मोर्चा बलियो अवस्थामा छ।
संसद्मा सत्तारूढ माओवादीको ८२ र कांग्रेसको २ सय ७ सिट छ।
सरकारमै सहभागी रहेको सदनको चौथो दल राप्रपा (३७) ले यसअघि नै संविधान संशोधनका अन्तरवस्तुमा असन्तुष्टि जनाएको छ। संविधान संशोधनको माग गरेका मधेस केन्द्रित दलहरूको गठबन्धन लोकतान्त्रिक मधेसी मोर्चाको सिट संख्या ४० छ । मोर्चाभित्र समाजवादी फोरम नेपालको १५, तराई मधेस लोकतान्त्रिक पार्टीको ११, सद्भावना पार्टी ६, तराई मधेस सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीको ३/३, फोरम (गणतान्त्रिक) र नेपाल सद्भावना पार्टी १/१ सिट छ । मोर्चाबाहिर रहेको फोरम लोकतान्त्रिकको सदनमा १४ सिट छ भने बाँकी सिट अन्य साना दलहरूको छ ।
संशोधनको विपक्षमा रहेका ८ दल र सांसदको संख्या-२०० जना
- नेकपा एमाले- १ सय ८२ जना
- नेकपा माले- ५ जना
- नेपाल मजदुर किसान पार्टी ४ जना
- राष्ट्रिय जनमोर्चा-३ जना
- नेपाल परिवार दल- २ जना
- राष्ट्रिय जनमुक्ती पार्टी- २ जना
- नेपा पार्टी- १ जना
- मधेश समता पार्टी- १ जना
जम्मा २०० जना
जम्मा सांसद- ५ सय ९४ जना
दुई तिहाइका लागि आवश्यक - ३ सय ९६ जना