वाम गठबन्धनका अधिकांश 'विद्रोही' ले उम्मेदवारी फिर्ता लिएका छन्। पार्टी केन्द्रीय नेतृत्वको दबाबपछि बागी उम्मेदवार बनेका माओवादी केन्द्र र एमालेका नेता/कार्यकर्ता पछि हटेका हुन्।
रामेछापमा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठविरुद्ध उम्मेदवारी दिएकी लक्ष्मी गुरुङले उम्मेद्वारी फिर्ता लिएकी छन्। उम्मेदवारी फिर्ता गर्न दुबै उम्मेदवार हेलिकप्टरमा काठमाडौंबाट रामेछापको मन्थली पुथेका थिए। यो सँगै वाम गठबन्धनको रामेछापमा बागीको टाउको दुखाई सकिएको छ।
जाजरकोटमा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा दिएको उम्मेदवारी औपचारिक रूपमै फिर्ता लिएको छ भने एमालेमा असन्तुष्ट रहेका गोविन्दविक्रम शाहले स्वतन्त्र उम्मेद्वारी समेत फिर्ता लिएका छन्।
त्यहाँ पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत गठबन्धन उम्मेद्वार छन्। पार्टीको पत्र नपुगेको भन्दै एमालेले पनि जाजरकोटमा उम्मेदवारी दिएको थियो। एमालेले जाजरकोटमा प्रतिनिधि सभा र प्रदेश सभा दुबै उम्मेदवारी दिएको थियो।
पूर्वी रुकुममा माओवादी केन्द्रकी कमला रोकाविरुद्ध उम्मेदवारी दिएका माओवादी केन्द्रकै तेजेन्द्र खाम मगरले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
'हामी निर्वाचन कार्यालयबाट बाहिरयौँ, साथीले उम्मेद्वारी फिर्ता लिनुभयो', रोकाले दिउँसो एक बजेसम्म आयोगले फिर्ता लिन दिएको समयअनुसार नै बागी उम्मेद्वारी फिर्ता लिएको सेतोपाटीलाई बताइन्।
हुम्लामा पनि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिमी दोर्जे लामाले उम्मेद्वारी दिएका थिए।
उनका विरुद्ध माओवादी केन्द्रकै छक्कबहादुर लामाले स्वतन्त्र हैसियतमा बागी उम्मेद्वारी दर्ता गरेका थिए। लामाले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
त्यहाँ प्रदेशमा पनि माओवादी केन्द्रका बागी उम्मेद्वार थिए। एमाले जिल्ला अध्यक्ष तथा हुम्लाको प्रदेश सभा (क) का उम्मेदवार दल रावलले सेतोपाटीलाई जानकारी दिए।
त्यस्तै बाग्लुङमा प्रदेश सभाको २ (ख) बागी उठेका दधिराम अर्यालले पनि उम्मेदवारी फिर्ता लिएका छन्। एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटाले बाग्लुङमा बागीको समस्या समाधान भएको बताए।
पार्टीको केन्द्रीय निर्णय अनुसार नै कालिकोट पनि एमालेका बागी उम्मेदवार फिर्ता भएको एमाले कालिकोट अध्यक्ष नागेन्द्र शाहीले जानकारी दिए।
आजका अन्य समाचार रौतहटमा वाम गठबन्धन अगाडि यी हुन् चीनको नेतृत्व गर्ने सात शीर्ष नेता बागी उम्मेदवारी फिर्ता लिन हेलिकप्टर चार्टरप्रदेश नम्बर सातको बझाङमा पनि एमाले बागी उम्मेदवार पछि हटेका छन्।त्यहाँ वाम गठबन्धनका आधिकारिक उम्मेदवार भैरवबहादुर सिंहविरुद्ध एमालेकै गोपालबहादुर खड्काले उम्मेदवारी दिएका थिए। बझाङका एमाले नेता अखिलाल उखेडाका अनुसार खड्काले उम्मेदवारी फिर्ता गरिसकेका छन्। त्यस्तै प्रदेश (क) मा बागी बनेका शेरबहादुर बोहोराले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
दोलखामा भने एमाले छाडेर मालेबाट उम्मेदवारी दिएका लालकुमार केसीलाई एमालेले उम्मेदवारी फिर्ताका लागि आग्रह गरे पनि उनले उम्मेदवारी कायम राखेका छन्। 'पार्टी छाडेका कारण अब हामीले जिल्लामा केही भनेनौँ।
मालेबाट उठेकाले केही कुरा केन्द्रबाट भयो', एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले सेतोपाटीसँग भने, 'बागी भन्न मिल्दैन। यहाँ धेरै डमी उम्मेद्वारी परेको छ। कारण गणनामा प्रतिनिधि राख्नका लागि मात्र हो।'