देशकै दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि यसपटक प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन नेपाली काँग्रेसका लागि प्रतिष्पर्धात्मक मात्र होइन 'कठोर' बन्दैछ।
पहिलो चरणमा हिमाल तथा पहाडका ३२ जिल्लामा हुने निर्वाचन काँग्रेस उम्मेदवारहरूका लागि चुनौतीपूर्ण देखिएको छ।
३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुन लागेको संघ र प्रदेश सभाको निर्वाचनमा काँग्रेस एक्लै प्रतिनिधि सभातर्फ ३५ क्षेत्रमा प्रतिष्पर्धा गर्दैछ। जबकी माओवादी केन्द्र १६ र एमाले २१ स्थानबाट प्रतिष्पर्धा गर्दैछन्।
पहिलो चरणमा आउँदो मंसिर १० गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ। काँग्रेसका कुन उम्मेदवारले कुन प्रदेशमा वाम गठवन्धनका उम्मेदवारको सामना गर्दैछन्?
हेर्नुस् सूची -