गोरखा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा चुनावी तालमेल गरेका नेपाली काँग्रेस र नयाँ शक्तिका उम्मेदवारहरू एउटै जुलुस लिएर निर्वाचन आयोग पुगी उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका गोरखा- १ का उम्मेदवार चिनकाजी श्रेष्ठ र नयाँ शक्तिका अध्यक्ष तथा गोरखा - २ का उम्मेदवार बाबुराम भट्टराईले संयुक्त जुलुसको नेतृत्व गरेका थिए। जुलुसको अग्रपङ्तिमा काँग्रेस तथा नयाँ शक्तिका प्रदेश सभाका उम्मेदवारहरू पनि सहभागी थिए।
जुलुसका लागि संयुक्त ब्यानर बनाइएको थियो। सो ब्यानरमा नयाँ शक्ति तथा काँग्रेसको चुनाव चिन्ह अङ्कित थियो।
उम्मेदवारी दर्ता गरेपछि नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले ‘वाम-लोकतान्त्रिक’ तालमेलले गोरखाका सबै क्षेत्रमा जीत हासिल गर्ने र विकास तथा समृद्धिको ढोका खोल्ने बताए।
यो पनि हेर्नुहोस्