काठमाडौं क्षेत्र नं २ मा संसदका लागि विवेकशील साझाले प्राध्यापक सूर्यराज अाचार्यलाई उठाउने भएको छ। काठमाडौं क्षेत्र नं २ बाटै एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल पनि उठ्दै छन्।
प्राध्यापक अाचार्यले माधव नेपाल विरूद्ध उठ्न लागेको पुष्टी गरेका छन्। विवेकशील साझाले यस अघि नै काठमाडौंबाट उठ्ने ६ जना उम्मेदवारकाै टुङ्गो लगाइसकेकाे छ। काठमाडौं १ बाट पार्टी सह-संयाेजक रविन्द्र मिश्र उठ्ने भएका छन् भने अर्का सह -संयोजक उज्जवल थापा काठमाडौं क्षेत्र नं ५ बाट उठ्ने भएका छन्।त्यस्तै, काठमाडौं क्षेत्र नं ९ बाट मिलन पाण्डे, ८ बाट पुकार बम र ४ बाट सुबुना बस्नेत उठ्ने विवेकशीलले घोषणा गरेको छ।
यो पनि हेर्नुहोस्
चितवनमा प्रचण्डविरुद्ध विवेकशील-साझाले सञ्चारकर्मी पाठकलाई उठाउने गगनविरुद्ध विवेकशील साझाले उठायो २६ वर्षिया सुबुना