राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले नेपाली काँग्रेससँग आफूहरूको चाँडै चुनावी तालमेल हुने बताएका छन्।
राजपा र संघीय समाजवादी फोरम नेपाललाई काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ स्थान माग गरिएको उनले बताए। ‘सहमतिका लागि अब हामी अन्तिम छलफलमा जुटेका छौँ’– उनले भने।
ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न जनता आतुर रहेको बताउँदै निर्धारित समयमा चुनाव हुनेमा आशंका नगर्न आग्रह गरे।