प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय र माओवादी केन्द्रका मन्त्री सरकारमा रहने कि नरहने भन्ने विषयमा कुराकानी भएको छ ।
निर्वाचनको वातावरण बने र तोकिएको समयमा नै निर्वाचन सम्पन्न हुने अवस्था आए आफूहरू सरकारबाट हट्ने जानकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई गराएका दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए। सो अवसरमा प्रधानमन्त्रीले निर्वाचनको विषयमा आशंका नगर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गरेका थिए।
अध्यक्ष ओलीसँग छलफल माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि आजै भेटवार्ता गरेका छन्। सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन तथा चुनावी घोषणापत्र र उम्मेदवार छनोटलगायत विषयमा कुराकानी भएको थियो ।