आजै सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा माओवादी केन्द्र आफ्नो निर्णयबाट पछि हटेको छ।
गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृह मन्त्री जनार्दन शर्माले अाफूहरुले तत्काल सरकार नछाड्ने बताए।
अध्यक्ष पुष्पकमल दाहाललाई माओवादीले सरकार छाडेमा चुनाव सार्ने जानकारी आएकाले तत्काल सरकार छाड्ने निर्णयबाट पछि हट्नु परेको जानकारी दिए।
'गृहमन्त्रीका हैसियतमा चुनाव सार्ने प्रपन्च भइरहेको सूचना मलाई पनि अाएको छ। सरकार छाड्ने चिठीको अन्तिम ड्राफ्ट बनाइरहँदा यस्तो सूचना अाएकाले हामीले चुनाव गर्नका लागि सरकार छाड्ने निर्णयबाट पछि हट्यौं', शर्माले भने। उनले चुनाव सार्ने प्रपन्च के हो? भन्ने बारे विस्तृतमा खुलाउन चाहेनन्।
एमालेसँग गठबन्धन गर्दा पनि सरकार छोड्नु भएन अहिले पनि सरकारमा बस्ने बहाना खोज्नुभएको त होइन? भन्ने पत्रकारको प्रश्न मन्त्री शर्माले अाफूहरूलाई सरकारमा बस्ने कुनै लोभ नभएको बताए।
प्रधानमन्त्रीले माओवादी मन्त्रीलाई विनाविभागीय बनाए भने के गर्नुहुन्छ भन्ने अर्को प्रश्नमा उनले भने- त्यो त प्रधानमन्त्रीको अधिकारको कुरा हो।
यो पनि पढ्नुहोस्