नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले पार्टी परित्याग गरेका छन्।
नेता विष्टले राजीनापत्र पार्टी अध्यक्ष प्रचण्डलाई बुझाइसकेको जानकारी दिए। पार्टीमा दुःख गर्नेहरूको सही मुल्यांकन नभएको, कार्यकर्ताको जीवनशैली र नेताको जीवनशैली देख्दा जिव्रो टोक्नुपर्ने स्थिति देखिएको, पार्टी क्रान्तिको जीवनशैली समाप्त भएको जस्ता सवालहरूले गर्दा आफू अब स्वतन्त्रता पूर्वक सामान्य जीवन जिउन चाहेको धारणा व्यक्त गरे।
कि वाम तालमेल र एकता तपाईलाई मन नपरेको हो ? भन्ने प्रश्न गर्दा उनले भने ‘त्यो सहायक कुरा हो, त्यसमा मलाई खासै विमत्ति छैन।’ पार्टी नेतृत्व पंक्ति उदासिन र चरण अवसरवादमा फस्दै गएको आफूलाई चित्त नबुझेको उनको धारणा थियो ।