नेपाली काँग्रेस बागलुङले प्रदेश र संघका लागि १ सय जना उम्मेदवारको नाम सिफारिस गरेको छ। आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेस जिल्ला कार्य समिति बागलुङको बैठकले क्षेत्र बाट सिफारिस भएर आएको सबैको नामावली केन्द्रमा पठाएको हो।
बैठकले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं १ सहकारी तथा गरीबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का सांसद प्रकाश शर्मा पौडेल, केन्द्रीय सदस्य रत्ना शेरचन, महासमिति सदस्य किरणराज शर्मा पौडेल, जगदीशचन्द्र उपाध्याय, पूर्व सांसद टंकप्रसाद शर्मा कँडेल, नेका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, पूर्व सभापति मणिभद्र शर्मा कंडेल क्षेत्रीय प्रतिनिधि पूर्णबहादुर पौडेल क्षेत्रीको नाम सिफारिस गरिएको छ।
त्यस्तै, समानुपातिकतर्फ कृष्णप्रसाद शर्मा न्यूरे, खगेश्वरी शर्मा, गीतादेवी रेग्मी, गोविन्दप्रसाद कँडेल, शेरबहादुर विक र रत्ना शेरचनको नाम सिफारिस गरिएको नेपाली काँग्रेस जिल्ला सचिव नवराज पौडेलले बताए।
प्रदेश सभा सदस्यका लागि भने प्रत्यक्षतर्फबाट क्षेत्र नं १ (क) मा गंगाप्रसाद कँडेल, चिरञ्जिवी गौतम, महेन्द्रप्रसाद कँडेल, बसन्तकुमार श्रेष्ठ, विष्णु पौडेल, क्या.हरिबहादुर भण्डारीको नाम सिफारिसमा परेको छ। प्रदेश समानुपातिकतर्फ अमरबहादुर कार्की, कोपिला बोहरा, कृष्णशंकर श्रेष्ठ, चित्रबहादुर कार्की, पार्वती आचार्य, प्रमानन्द कँडेल, मुक्तिराम सापकोटा, रविलाल विश्वकर्मा, महेन्द्र आचार्य, शकुन्तला शर्मा, सहदेव राजभण्डारी, हर्कमान विक, हरिप्रसाद श्रेष्ठ, ज्ञानकुमारी श्रीस शर्माको नाम सिफारिस भएको छ।
त्यस्तै, प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नं १(ख) बाट किरणराज शर्मा पौडेल, कृष्णप्रसाद शर्मा, गणेश सापकेटा, दुर्गादत्त शर्मा आचार्य, डिल्लीराम सुवेदी, नवराज पौडेल, नारायण शर्मा पौडेल, पदमबहादुर केसी, भीमबहादुर श्रीस राना, विष्णु बस्नेत खत्री, सागर परियार, हरिप्रसाद आचार्य, हरिहर शर्माको नाम केन्द्रमा सिफारिसका लागि पठाएको छ ।
त्यस्तै, प्रदेश सभा सदस्य समानुपातिक क्षेत्र नं १ (ख) बाट ओमकार थापा, कल्पना हमाल पाठक, कौशिला विक, धर्मबहादुर क्षेत्री, नारायण पौडेल, पदमबहादुर पुन, मेखबहादुर छन्त्याल आले, सिताराम रसाईली, रामप्रसाद अधिकारीको नाम सिफारीसमा परेको छ।
त्यस्तै, प्रतिनिधी सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नं २ बाट टेकराज पौडेल, धिरप्रसाद सिंह, ध्रुवराज गौतम, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, सिंहबहादुर राना, ज्ञानकुमारी छन्त्यालको नाम सिफारिस गरिएको सचिव पौडेलले बताए। त्यस्ता, प्रतिनिधी सभा सदस्य समानुपातिक तर्फ ऋषिराम कँडेल, गणेश शेरचन, डिलेन्द्रप्रसाद राम्जाली, देवी प्रसाद भट्टचन, सोमबहादुर पौवी रहेका छन् ।
प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नं २ (क) बाट उमेश गौतम, कृष्णबहादुर केसी, धनश्याम गौतम, डिलाराम सुवेदी शर्मा, फमबहादुर खत्री, मञ्जु चालिसे शर्मा, मञ्जेश बम मल्ल, मुकुन्द भण्डारी, लालप्रसाद घर्तीको नाम सिफारीस गरिएको छ। प्रदेश सभा सदस्य समानुपातिकतर्फ भने गण्डकी थापा अधिकारी, पदमबहादुर थापा, यामबहादुर श्रीस, यामेन्द्र कुमार घर्ती, शर्मिला शर्मा खरेल, हिराबहादुर घर्ती काउँचाको नाम सिफारिसमा परेको छ।
त्यस्तैगरी, प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ क्षेत्र नं २(ख) बाट जीतबहादुर शेरचन, टेकराज पौडेल, दोर्ण कुमार कुँवर, सागर छन्त्यालको नाम सिफारिस परेको छ। भने प्रदेश सभा सदस्य समानुपातिकतर्फबाट अर्जुन शेरचन, तुला सिंह घर्ती मगर, दिपेन्द्र श्रेष्ठ, नरमती पुन, मेषलाल शर्मा, रेशम नेपालीको नाम सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ।