राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष लक्ष्मणलाल कर्णको वडामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन्।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ९ मा मनोज कलवार निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जवाहर लाल गुप्तालाई पराजित गरी विजयी भएका छन् ।
राजपाका तीन महामन्त्रीहरू पर्साको निर्वाचनमा पराजय भएका छन् । बहुदरामाई नगरपालिकाको मेयरमा लडेका शिवपटे नेपाली कांग्रेसका नितेन्द्र साहबाट पराजित भएका छन् । यसैगरी पोखरीय नगरपालिकाको मेयरमा लडेका राजपाको केन्द्रीय सदस्य नेजामुदिन समानीको जमानत जफत भएको छ ।
यसैगरी, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गदी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालको गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ । पर्साको जगरनाथ पुर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका जालिम मियां मसुरी विजयी भएका छन् । जालिम मियाँले ३ हजार ४ सय १ मत ल्याएर विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका कृष्णमोहन प्रसाद यादवले ३ हजार ३७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा भने फोरम नेपालकी बिस्मिल्लाह खातुन ३ हजार १ सय ४१ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी मीरा देवी कुर्मीले २ हजार ४ सय ५० मत प्राप्त गरेकी छिन् ।
नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य अजय चौरसियाको गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले जीत हासिल गरेको छ । नेता चौरसियाको घर रहेको विन्दवासिनी गाउँपालिकामा फोरम नेपालका प्रमुखका उम्मेदवार श्रीलाल साह कानु विजयी भएका छन। कानुलाई स्थानीयले विकास प्रेमीको रुपमा संज्ञा दिने गरेका छन् ।
राजपामा रहेका कानुलाई पार्टीले टिकट नदिपछि उम्मेदवारीको एकदिन पहिला फोरम नेपालमा प्रवेश गरी चुनाव लडेका थिए । नेपाली कांग्रेसका सभासद सुरेन्द्र चौधरीको गाउँपालिकामा एमाले विजयी भएको छ ।
पर्साको पटेर्बासुगौली गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षामा नेपाली कांग्रेस विजयी भएको छ । पर्साको पटेर्बासुगौली गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षामा नेपाली कांग्रेस विजयी भएको छ । एमालेका हरिनारायण चौधरी २९५७ मत ल्याएर ८२ मत अन्तरले अध्यक्षमा विजयी भएका हुन् । कांग्रेसका दिनेश चौधरीले २८७५ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा भने कांग्रेसकी ममता चौधरीले ३२५७ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी सन्जु चौधरीले २७८९ मत ल्याएकी छन् ।
नेपाल लोकतान्त्रिक फोरमको केन्द्रीय कोषाध्यक्षमा फोरम नेपालको सदस्य एवम सभासद रमेश पटेलको गाउँबाट संघीय समाजवादी फोरम नेपालको उम्मेदवार वडाअध्यक्षमा विजयी भएका छन् ।
मधेश आन्दोलनको केन्द्रविन्दु रहेको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २५ मा संघीय समाजवादी फोरम नेपालका वडाअध्यक्षका उम्मेदवार विसराज राउत कुर्मी ६ सय ६३ मत प्राप्त गरेर विजयी भएको प्रमुख निर्वाचान अधिकृतको कार्यालयले घोषणा गरेको छ ।
नेपाल लोकतान्त्रिक फोरमको कोषाध्यक्ष एवम सभासद आशा चतुर्वेदीको वडासमेत रहेको सो वडामा फोरम लोकतान्त्रिकका उम्मेदवार द्धितीय स्थानमा रहेका छन् । नातामा चतुर्वेदीका भतिजा पर्ने आशुतोष चतुर्वेदीले ५ सय ७० मत प्राप्त गरेर निकटतम प्रतिद्वन्द्वी रहेका छन् ।वीरगञ्ज महानगरपालिकाको सो वडामा राजपाका उम्मेदवार रामाकान्त प्रसाद कुर्मीले ४०९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।
राजपाले महामन्त्री राजेशमान सिंहलाई वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि अर्का महामन्त्री विमल श्रीवास्तव पार्टी परित्याग गरी नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गर्दै वीरगञ्जको मेयरमा चुनाव लडेका थिए । विमल श्रीवास्तवसँगै लोकतान्त्रिकमा प्रवेश गरेका आशुतोष चतुर्वेदी वडा अध्यक्षमा चुनाव लडेका थिए।