नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्व शिक्षा मन्त्री दिनानाथ शर्माले आउँदो निर्वाचनमा नेकपा माओवादी केन्द्र परिवर्तनको पक्षधर जुनसुकै दलसँग तालमेल गरेर जान तयार रहेको बताएका छन् ।
बागलुङमा आइतबार आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता शर्माले स्थानीयस्तरमा पार्टीको हित र अनुकुलता हेरेर तालमेलमा जान सकिने धारणा राखेका थिए ।
उनले संविधान कार्यान्वयनमा देखिएको आशंका समाप्त भएको बताउँदै मुलुक शान्ति र समृद्धिको युगमा प्रवेश गरेको गरिसकेको बताए।
स्थानीय तह निर्वाचनको सफलता र आसन्न संघ तथा प्रादेशिक निर्वाचनको सुनिश्चितताले संविधान कार्यान्वयन पूर्णतातिर अघि बढेको उनकोे भनाइ छ ।
‘संविधानमा असन्तुष्ट पक्ष समेत निर्वाचनमा आइसकेको छ’ नेता शर्माले भने ‘संविधान कार्यान्वयको आशंका हटाई स्थानीय तहको निर्वाचनले राष्ट्रिय एकता पैदा गरेको बताए ।
संघ र प्रदेशको निर्वाचनपछि मुलुक शान्ति, स्थायित्व र समृद्धिको दिशामा अघि बढ्ने उनको भनाइ रहेको छ ।