गायिका तथा नेतृ कोमल वली राप्रपा छोडेर एमाले प्रवेश गर्ने तयारीमा रहेको चर्चा चल्न थालेको छ। हाल एमाले पार्टीसँग वलीको ‘बार्गेनिङ’ चलिरहेको बताइन्छ।
फागुनमा सम्पन्न राप्रपाको एकता महाधिवेसनमा केन्द्रिय सदस्य जितेकी वली पशुपतिसमशेर राणाले पार्टी फुटाएपछि द्विविधामा थिइन्। यस्तै द्विविधाका बेला एमाले जिल्ला समिति दाङका अध्यक्ष टीकाराम खड्काले एमाले प्रवेशको प्रस्ताव ल्याएपछि वलीले राप्रपा छोड्ने संकेत देखाएकी हुन्।
हाल एमाले नेता शंकर पोखरेलसँग उनको संवाद चलिरहेको छ। बताइएअनुसार पार्टीमा राम्रो स्थान र चुनावका लागि टिकट निश्चित भए उनी दसैंअघि नै एमाले प्रवेश गर्नेछिन्।