सर्लाहीको लालबन्दी नगरपालिकामा एमालेले मेयर र उपमेयर दुवै पद जितेको छ।
माओवादीका मेयर उम्मेदवार इन्द्रबहादुर योञ्जनलाई हराउँदै एमालेका मानबहादुर खड्काले जित हात पारेका हुन्। उनले ८ हजार ९ सय ४९ मत ल्याएको निर्वाचन अधिकृत बाबुराम अधिकारीले बताए।
योञ्जनले भने ५ हजार ६ सय ३९ मत ल्याएका थिए।
उपमेयरमा एमालेकी शान्ति कुमारी लामाले ७ हजार ९ सय ३४ मत ल्याएर विजयी भएकी छन्। माओवादीका उपमेयर उम्मेदवार शान्त उपाध्यायले ५ हजार ५ सय ६१ मत ल्याएका थिए।
लालबन्दीमा मेयर एमालेले जितेपनि वडाअध्यक्षमा माओवादीको बहुमत छ। १७ वटा वडा मध्ये ९ वटामा माओवादीले अध्यक्ष जितेको छ। एमाले र कांग्रेसले ४/४ वटा वडामा अध्यक्ष जितेका छन्।