पर्साका मतगणना बाँकी रहेका ८ मध्ये ३ स्थानीय तहमा अहिलेसम्म संघीय समाजवादी फोरमले अग्रता दिइरहेको छ। कांग्रेस २ वटामा अघि छ। एमाले,जनतादल र माओवादीको अग्रता १/१ मा छ।
उसले सखुवा प्रसौनी, पकाहा मैनपुर र धोविनि गाउँपालिकामा अग्रता लिएको छ। संघीय समाजवादी फोरमले यसअघि विन्दबासिनि गाउँपालिकामा जित हाँसिल गरिसकेको छ।
मतगणाना बाँकी रहेका मध्ये वीरगञ्ज महानगर र बहुदरमाई नगरपालिकामा कांग्रेस अग्रता छ। उसले पनि एउटा गाउँपालिका मात्र जितेको छ। पर्सागढी गाउँपालिकामा कांग्रेसको जित भएको थियो।
पोखरिया नगरपालिकामा नेपाली जनता दलको अग्रता छ। त्यस्तै जिराभवानी गाउँमा एमालेको अग्रता छ भने जगरनाथपुर गाउँपालिकामा माओवादी अघि छ।
पर्सामा माओवादीले छिपहरमाइ गाउँपालिका र ठोरी गाउँपालिका जितिसकेको छ। एमालेले पोर्टेवा सुगौली गाउँपालिका जितेको छ भने नेपाली जनता दलले कालिकामाई गाउँपालिकामा जित हात पारेको छ।
पर्सामा १४ स्थानीय तह छन्।