प्रदेश नम्बर २ को सर्लाही जिल्लाका २० स्थानीय तहमध्ये १० स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ।
बाँकी १० स्थानीय तहमा मतगणना जारी छ। ती मध्ये तीन वटामा नेकपा एमालेले अग्रता लिएको छ भने ३ वटामा माओवादीको अग्रता छ।
ईश्वरपुर, हरिवन र लालबन्दी नगरपालिकामा एमालेले अग्रता लिएको छ। माओवादीले भने हरिपुर र बरहथवा गरि दुई नगरपालिका र चन्द्र घट्टा गाउँपालिकामा अग्रता कायम गरेको छ।
त्यसै गरि २ वटा स्थानीय तहमा राजपा अघि छ। राजपाले गोडैटा नगरपालिका र चन्द्रनगर गाउँपालिकामा अग्रता लिएको छ। कविलासी नगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ।
मतगणना सकिएका स्थानीय तह मध्ये कांग्रेसले ४ ठाउँमा जितेको छ भने राजपाले ३ स्थानीय तहमा विजयी भएको छ। त्यस्तै माओवादी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले १/१ ठाउँमा जितेका छन्।
कसले कहाँ जितेनेपाली कांग्रेसधनकौल गाउँपालिका
बसबरिया गाउँपालिका
रामनगर गाउँपालिका
हरिपूर्वा गाउँपालिका
राजपाकौडेना गाउँपालिका
बलरा नगरपालिका
ब्रम्हपुरी गाउँपालिका
संघीय समाजवादी फोरमपर्सा गाउँपालिका
माओवादी केन्द्रबागमती नगरपालिका
लोकतान्त्रिक फोरमविष्णु गाउँपालिका