प्रदेश नम्बर दुईमा असोज २ गते भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना सुरु भइसकेको छ।
हालसम्म ४० स्थानको प्रारम्भिक मतपरिणाम आएको छ जसमा नेपाली कांग्रेस अग्रस्थानमा छ।
४० मध्ये कांग्रेसले १४ स्थानमा अग्रता लिएर अरु पार्टीभन्दा निकै अघि बढेको छ।
नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालको भने कडा टक्कर देखिएको छ। तीनै पार्टीले हालसम्म ४० स्थानमध्ये ७–७ मा अग्रता लिएका छन्।
यी तीन पार्टीलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले पछ्याउँदै आएको छ। फोरम ५ स्थानमा अगाडि छ।
प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा निर्वाचन भएको हो।