प्रदेश नम्बर दुईका ८ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनको मतगणना सुरु भएको छ।
१६ नगरपालिका र २ गाउँपालिका रहेको रौतहटमा अहिलेसम्म गणना भएको मध्ये २ नगरपालिकासहित ३ स्थानीय तहमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।
यस्तै गौर नगरपालिकामा एमालेलाई उछिन्दै राजपाले अग्रता लिएको छ। गौर नगरपालिकामा राजपाका नगरप्रमुख उम्मेदवार अजय गुप्ताले २७४ मतका साथ अगाडि छन्। नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार शम्भु साहले २५७ मत पाएका छन्।
यस्तै, चन्द्रपुर नगरपालिकामा भने नेकपा माओवादी केन्द्रका नगर प्रमुख युवराज भट्टराईले अग्रता लिएका छन्। वाडं नं. १,२ र ३ को पछिल्लो परिणामअनुसार केन्द्रका नगर प्रमुख उम्मेदवार भट्टराईले ३२४ मत पाएका छन् भने नेकपा एमालेका नगरप्रमुख उमेदवार उद्धब रेग्मीले २५६ मत र नेपाली कांग्रेसका रामचन्द्र चौधरीले २५३ मत पाएको चन्द्रपुर निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत कमलराज भण्डारीले जानकारी दिए।
यस्तै बौद्धिमाइ नगरपालिकामा पनि नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। केन्द्रका नगर प्रमुख उमेदवार त्रिभुवन साहले २०० मत,कांग्रेसका नगर प्रमुख उमेदवार रामलोचन साहले १२७ मत र नेकपा एमालेका नगर प्रमुख उमेदवार प्रदिप यादबले ११४ मत पाएको सो नगरपालिकाका निर्वाचन अधिकृत बद्री पौडेलले जानकारी दिए।
बाँकी केही स्थानीय तहको नतिजा आइनसकेको मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले जानकारी दिए।
चन्द्रपुर नगरपालिका,माओवादी ३२४
कांग्रेस २५६
एमाले २५६
गौर नगरपालिकाराजपा २७४
एमाले २५७
संघीय समाजवादी २६
बौधीमाई नगरपालिकामाओवादी २००
कांग्रेस १२७
एमाले ११४
गढीमाई नगरपालिका,राजपा ९०/८०
एमाले ५८/६६
कांग्रेस ५८/५९
गरूडा नगरपालिकाएमाले १४५
कांग्रेस ७३
संघीय समाजवादी ३७
परोहा नगरपालिकाकांग्रेस ७७
माओवादी १९
एमाले ४
यमुनामाई गाउँपालिकामाओवादी ३६
एमाले १६
कांग्रेस १२
संघीय समाजवादी १२
राजपा ८