महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने उसलाई माओवादी केन्द्रले पछ्याइरहेको छ।
जारी मतगणनामा कांग्रेसका मेयर उम्मेदवार प्रल्हाद क्षेत्रीले ३ सय ५० मत ल्याएका छन्। उपमेयरमा तारादेवी महतोले २ सय ५७ मत प्राप्त गरेकी छन्।
कांग्रेसका क्षेत्रीलाई पछ्याइरहेका माओवादीकेन्द्रका मेयर उम्मेदवार विदुर कार्कीले १ सय ८८ मत ल्याएका छन्। उपमेयर उम्मेदवार सुशीला गौतमले १ सय ८३ मत पाएकी छन्।
यहाँ एमाले १ सय ५२ ल्याएर तेस्रो स्थानमा छ राजपाले भने यहाँ जम्मा ३ मत ल्याएको छ।
अहिलेसम्म ७ सय मत गणना भैसकेको निर्वाचन अधिकृत मणीराम न्यौपानेले जानकारी दिए।