उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले संविधान कार्यान्वयनको पक्षलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले सबै तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै मुलुक आर्थिक समृद्धिको दिशामा केन्द्रीत हुने स्पष्ट पारे।
शुक्रबार काठमाडौंमा आयोजित उच्चस्तरीय शिक्षा आयोगको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनको काम अन्तिम चरण पुगेको उल्लेख गर्दै अब मुलुक छिट्टै आर्थिक समृद्धिको दिशामा अघि बढने विश्वास व्यक्त गरे।
उपप्रधानमन्त्री श्रेष्ठले सरकारले पुनर्निर्माणको कामलाई गति दिएर मुलुकमा समृद्धिको अभियानलाई तीव्रता दिने योजना बनाएको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले पुनर्निर्माणको कामलाई गति दिन सरकारले आवश्यक तयारी गरिरहेको दाबी गरे ।