राष्ट्रिय जनता पार्टीका महामन्त्री बिमल श्रीवास्तव मधेसी जनअधिकार फोरम लोकतान्त्रीकमा प्रवेश गरेका छन्।
वीरगन्ज महानगरपालीकाको मेयरमा टिकट नपाएपछि उनी मंगलबार उनले राजपा त्याग गरेका हुन्।
राजपाले वीरगन्जको मेयरमा अर्का महामन्त्री राजेशमान सिंह श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेपछि श्रीवास्तव पार्टी त्याग गरि फोरम लोकतान्त्रिक प्रवेश गरेका हुन्।
मंगलबार दिउँसो १२बजे राजपाबाट टिकट नपाउने निश्चय भएपछि श्रीवास्तवले प्रारम्भमा संघीय समाजवादी फोरम नेपालसगं वार्ता अगाडि बढाएका थिए। तर आफु जसरीपनि मेयरमा चुनाव लड्ने प्रस्ताव राखेपछि वार्ता विफल भए हो।
फोरम लोकतान्त्रिकले श्रीवास्तवलाई उम्मेदवार बनाउने निश्चित गरेपछि उनी उक्त पार्टीमा प्रवेश गरेका हुन्।
उनलाई लोकतान्त्रिक फोरमले मेयरको उमेदवार बनाउने अध्यक्ष विजयकुमार गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले बताए।