वाईसियलका नव निर्वाचित केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)ले बालकृष्ण ढुंगेलविरुद्ध अदालतको फैसला वाईसियललाई अस्वीकार्य भएको बताएका छन् ।
तुलसीपुरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रको संगठन वाईसियलका अध्यक्ष दिपशिखाले द्धन्दकालीन घटनालाई लिएर आफ्ना नेता ढुङ्गेलमाथि अदालतले गरेको फैसला अन्यायपूर्ण रहेको भन्दै त्यो अमान्ने र अस्वीकार्य रहेको बताएका हुन् ।
बृहत शान्ति सम्झौता आफैँमा कानून भएको तर्क गरेका उनले राज्य र अदालतले त्यो नमानेको बताए साथै राज्य र अदालतले संविधान समेत नमानेको उल्लेख गरे ।
‘कानून हामीले नमानेको होइन, राज्यले नमानेको हो र त्यही मान भनेर हामीले भनेको हो ।’ वाईसियल अध्यक्ष दिपशिखाले भने । द्धन्दकालीन घटनाहरू सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत टुङ्ग्याउनु पर्ने उनको धारणा थियो । अदातलले यसैगरी द्धन्दकालीन मुद्दा हेर्दै जाने हो भने समाजमा शान्ति स्थायित्व कायम गर्न नसकिने उनको तर्क छ ।
माओवादीका प्रत्येक गाउँकमिटीका सदस्यदेखि केन्द्रीय अध्यक्ष सम्मलाई मुद्दा लाग्ने स्थिति उत्पन्न हुने भएकोले द्वन्दकालीन मुद्दाको अदालती फैसला समाधान हुन नसक्ने उल्लेख गरे । ‘त्यसले द्वन्दको हल नहुने, निकास नहुने र समाजमा शान्ति कायम हुन नसक्ने हुँदा आफूहरूले त्यसअर्थमा बालकृष्ण ढुँगेलमाथिको फैसला अस्वीकार्य र अमान्य भएको निर्णय गरेका हौं ।’ उनले भने ।
यदी होइन भने आफूहरू पनि त्यही प्रक्रिया र शैलीमा अगाडि बढ्न बाध्य हुने र त्यसले द्वन्द निम्त्याउने उनको कथन थियो ।
माओवादी नेतालाई द्वन्दकालीन मुद्दा लगाउने हेप्ने, ह्येयको दृष्टिकोणले हेर्ने कुरा वाईसिलयलाई स्वीकार्य छैन भन्दै आफ्ना नेतामाथिको मुद्दा शान्ति सम्झौता अनुरुप नभए आफूहरू काँग्रेस र एमालेका शीर्ष नेताहरूका विरुद्ध द्वन्दकालीन मुद्दा दायर गर्न बाध्य हुने चेतावनी दिए ।
फरक प्रसंगमा उनले वाईसियल तीन महिने संगठनात्मक अभियान अघि सारेको उल्लेख गर्दै त्यो संघीय र प्रदेश चुनावमा माओवादी केन्द्रलाई जीत दिलाउने गरी खटिने बताए ।