प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीमा मेलम्चीको पानी ल्याउने विषयमा पैसाको कुनै चिन्ता नलिइ काम तिब्र रूपमा अगाडि बढाउन निर्देशन दिएका छन्।
बुधबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्ने पुगेका देउवाले यस्तो बताएका हुन्।
प्रधानमन्त्री देउवासहितको टोली हेलिकोप्टरबाट मेलम्ची गएको हो। प्रधानमन्त्रीले इन्टेक ड्याम र टनेलकोसमेत अवलोकन गरेका छन्।
मेलम्ची खानेपानी आयोजनाको पानी दशैंमा काठमाडौं ल्याउने लक्ष्य राखिएको थियो । तर, अब यो सम्भावना टरेको छ र अधिकारीहरुले आगामी पुससम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास हुने बताएका छन्।