राप्रपा केन्द्रीय समितिको बैठकले पशुपति शम्शेर राणासँग केन्द्रीय समितिको चालिस प्रतिशत सदस्य नरहेको भन्दै पार्टी विभाजनका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेज गर्न माग गरेको छ।
पार्टी विभाजनका लागि निर्वाचन आयोगमा बुझाइएको निवेदनमा उल्लेखित सात जना केन्द्रीय सदस्य नभएको पनि सो पार्टीले जनाएको छ। केही सदस्यको किर्ते हस्ताक्षर बुझाइएको भए पनि उनीहरु मूल पार्टीमै रहेको दाबी गरिएको छ।
त्यस्तै, पार्टी विभाजनमा भूमिका निर्वाह खेलेको भन्दै देउवा सरकारलाई समर्थन फिर्ता लिने निर्णय समेत गरिएको छ।
केही दिन अघि पशुपति शम्शेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) नामको छुट्टै पार्टी खोलेका थिए।