विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएपछि बनेको नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी हुने भएको छ। राजधानीमा पत्रकार सम्मेलन गरेर बुधबार दुई पार्टीको एकता घोषणा गरिएको हो।
दुबै पार्टीबाट १७/१७ जना सामेल हुने गरी ३४ जना केन्द्रीय समिति गठन गरिएको गरिएको छ। प्रत्येक प्रदेशबाट कम्तीमा एक-एक जना संयोजकको भूमिकामा रहने गरी ७ जना सदस्य केन्द्रीय समितिमा रहने छन्। केन्द्रीय समिति थप विस्तार गरेर महाधिवेशन सम्मका लागि ५१ जना सम्म पुर्याउने भउको छ।
रविन्द्र मिश्र, उज्जवबहादुर थापासहित ३४ जना चयन गरेको छ। बाँकी चार जना सदस्यहरू पछि छनोट गर्ने पार्टीले जनाएको छ।
दुबै पार्टीबाट १७/१७ जना केन्द्रीय सदस्य हुने छन्। नयाँ पार्टीको चिह्न भने यसअघि साझा पार्टीको चिन्ह रहेको तराजु हुने भएको छ।
नयाँ बनेको पार्टीको २ वर्षभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चयन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।