घोराही उप–महानगरपालिका मेयर नरूलाल चौधरीले १०० दिन भित्रैमा नगरभित्रका सबै जेष्ट नागरिकको स्वास्थ्य चेकजाँच गर्ने बताएका छन्। वृद्धवृद्धाहरुको तथ्याङ संकलन गरी उनीहरुको स्वास्थ्य चेकजाँच तथा वृद्धभत्ता घरघरमा पुर्याउने काम गरिने मेयर चौधरीले बताए।
मेयर चौधरीले वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य सेवा र घरघरमा वृद्धभत्ता पुर्याउने आफूहरूको पहिलो लक्ष्य रहेको बताए। साथै प्रत्येक वडालाई उप–महानगरपालिकासँग जोड्नका लागि सडक सञ्जालको विकास तथा विस्ततार गरिने चौधरीले बताए।
नवनिर्वाचित मेयर नरूलाल चौधरीले १०० सय दिन भित्रै वृद्धाहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने, सडक विस्तार गर्ने काम आफ्नो पहिलो लक्ष्य रहेको जानकारी दिए ।
यसैबीच बुधबार पदभार गरे लगतै मेयर चौधरीले सामाजिक सुरक्षा भत्ता टो ल–टो लमा गएर वितरण गर्ने, ८४ वर्ष पूरा भएका ज्ये ष्ठ नागरिकहरुलाई आधारभूत स्वास्थ्य से वा पुर्याउने , सामाजिक सुरक्षा भत्ता वितरणलाई पूर्णरुपमा बैंकिङ प्रणालिमा रुपान्तरण गरी घुम्ती प्रणालिबाट टो ल–टो लमा वितरण गर्ने,फरक क्षमता भएका व्यक्तिहरुको लगत संकलन गर्ने र उपमहानगरपालिकाको आन्तरिक स्रो तबाट उनीहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिने निर्णय पहिलो बैठले गरेको छ ।
त्यसै गरी नगरका १९ वडाबाट प्रवाह गरिने से वा सुविधालाई छिटो , छरितो बनाउन साउन १० गते भित्रै कार्यालय स् थापना गरिसक्ने निर्णय बैठकले गरेको छ ।