मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावल नेपाली कम्यनिस्ट पार्टीमा समाहित भएका छन्।
राष्ट्रिय सभागृहमा बुधबार आयोजित भव्य समारोहबीच मातृभूमी जागरण अभियानका संयोजक भीम रावलसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'देखि शीर्ष वरीयतामा रहेका नेताहरू कार्यक्रममा सहभागी थिए। उनीहरूले खादा लगाएर रावललाई पार्टीमा स्वागत गरे।
तत्कालीन एमालेमा सहकार्य गरेका चार जना नेताहरू नेपाली कम्युनिस्ट पार्टीका शीर्ष तहमा छन्।
माधवकुमार नेपाल सह संयोजक, झलनाथ खनाल र वामदेव गौतम शीर्ष तहमा छन्। गौतमपछिको वरीयतामा रावल नै तोकिएका छन्।
नेपाल, खनाल र गौतमले रावललाई स्वागत गरे। केहीले अंकमाल गरे।
संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि रावलले अंकमाल गरे।
तस्बिरहरूः
-ink-1762939794.jpeg)
-ink-1762939795.jpeg)
-ink-1762939795.jpeg)
-ink-1762939795.jpeg)
-ink-1762939794.jpeg)
-ink-1762939794.jpeg)
-ink-1762939793.jpeg)
-ink-1762939792.jpeg)
-ink-1762939792.jpeg)
-ink-1762939793.jpeg)
-ink-1762939793.jpeg)
-ink-1762939792.jpeg)
-ink-1762939792.jpeg)
-ink-1762939791.jpeg)
-ink-1762939791.jpeg)
-ink-1762939791.jpeg)
-ink-1762937760.jpeg)