नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्ने गरी स्थगित भएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कात्तिक २३ गते बिहान ११:३० बजे बस्ने गरी केन्द्रीय समिति बैठक स्थगित भएको हो।
कांग्रेस केन्द्रीय समितिमा छलफलका १० वटा एजेन्डा छन्। ती एजेन्डामा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राख्दै आएका छन्।
नियमित वा विशेष कुन महाधिवेशन गर्ने र चुनावअघि वा पछि कहिले गर्ने भन्ने विषयमा कांग्रेसमा मतभेद छ।